स्याङ्जा प्रहरीलाई गरिमा बिकास बैंकद्वारा सुरक्षा बेल्ट हस्तान्तरण

२०७९ जेष्ठ १७, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हिमलाल घर्ती 

स्याङ्जा , १७ जेठ । गरिमा बिकास बैंकले सस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई रात्रिकालिन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ ।

यस बैंकले सदैव सस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आत्मसाथ गरि समाजको विकास र स्तरोन्नतिका लागि निरन्तर काम गर्दै आईरहेको छ ।हरेक बर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आईरहेको यस विकास बैंकले गणतन्त्र दिवसको अवसर पारेर स्याङ्जामा रात्रिकालिन अवस्थामा खटिने टाफिक प्रहरीहरुका लागि अत्यन्त आवश्यक रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय , स्याङ्जालाई हस्तान्तरण गरेको छ ।यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले २७२ थान रात्रिकालिन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई हस्तान्तरण गर्नुभएको हो ।

हाल गरिमा विकास बैंकले नेपालभर १२१ शाखा कार्यालय ,१ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट सरल ,सुलभ एवम सुरक्षित सेवा प्रदान गर्दै आईरहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय