प्रधानमन्त्री देउवा र संघीय सांसद मोहन पाण्डे बिच छ्लफल सिद्धार्थ राजमार्गको विषयमा सम्बोधन हुने उच्च सम्भावना

२०७९ जेष्ठ २०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

निशान्त सुवेदि,
स्याङ्जा, २० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली काङ्ग्रेसका नेता एवं संघीय सांसद मोहन पाण्डे बिच सिद्धार्थ राजमार्गको बिषयमा छ्लफल भएको छ ।

सांसद पाण्डेले आर्थिक वर्ष २०७९/८० को बजेटमा सिद्धार्थ राजमार्गको विषयमा सम्बोधन नहुदा सदन भित्र उक्त राजमार्गको विषयमा कुरा उठाउनुभएको थियो । ।

पाण्डेले गत वर्ष २०७७/ ७८ को बजेट छ्लफलमा पनि सिद्धार्थ राजमार्गको विषयमा आवाज उठाइरहनु भएको थियो ।

आज हुने प्रतिनिधि सभा वैठकमा अर्थमन्त्रीद्वारा सिद्धार्थ राजमार्गको विषयमा सम्बोधन हुने सम्भावना रहेको भित्री स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय