वालिङ, २५ जेठ । स्याङ्जाको वालिङ नगरपालिका ६ मा मंगलबार राति अविरल वर्षा सँगै परेको चट्याङले २ वटा व्याउने भैंसी मरेका छन् ।
वालिङ नगरपालिका ६ बस्ने हम बहादुर थापाको दुई वटा व्याउने भैंसी मरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।
व्याउने भैंसी मर्दा थापालाई १ लाख ४० हजार नोक्सान भएको प्रहरीले बताएको छ ।