नेपाली काँग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटना

२०७९ असार १६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १६ असार । नेपाली काँग्रेसका उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटनामा परेको छ।

उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको छ । तर अगाडि ढुंगाको ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उहाँले जानकारी दिनुभएको छ । उहाँले आफू सकुशल रहेको जानकारी गराउनुभएको छ ।

उहाँले ट्वीटरमा गाडीको फोटो राख्दै लेख्नुभएको छ, ‘ठूलो घटना हुनबाट जोगियो १ रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’

गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना हुनुहुन्थ्यो । उहाँहरु ओखलढुंगा घर भएका काँग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदै हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार