गल्याङमा स्कुटर दुर्घटना : एक मृत्यु , एक घाइते

२०७९ असार २७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २७ असार । सिद्वार्थ राजमार्ग अन्त्रगत गल्याङ नगरपालिका ८ मा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

मृत्यु हुनेमा गल्याङ नगरपालिका ८ चिउरी बस्ने १७ वर्षीय स्कुटर चालक धन बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएकाे छ । गल्याङ नगरपालिका ८ चिउरीस्थित सडकमा ग.१३ प. ६०७४ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिएर आइतबार बेलुकी दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने थापाको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका थापाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का भिरकोट नगरपालिका ८ का असिम खाणको सोही स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय