प्रवासी युवाहरुको सक्रियतामा पाल्पाकाे रामपुर गाउँमा उज्यालो बत्ती बाल्ने अभियान सुरु

२०७९ भाद्र २९, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रकाश ढकाल 

स्याङ्जा, २९ भदौ । पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नं ३ अवस्थित गण्डकीढिक, बोटेगाउँ बाट वैदेशिक रोजगारिका लागी बिदेश पसेका युवाहरुको सक्रियतामा आफ्नो गाउँ बस्तीमा उज्यालो बत्ती बाल्ने अभियान चलाएका छन ।

बैदेशिक रोजगारीको क्रममा कतारमा रहेका देवराज अर्याल र युएईमा रहेका खगेश्वोर बोटे (पाल्पाली कान्छा) को सक्रियतामा यो अभियान शुरु भएको हो । गाउँमा चोरि डकैती सर्प जस्ता अनेक किसिमका डर त्रास हुने हुंदा यो अभियान चलाएको बताउछन युएईबाट पाल्पाली कान्छाले बताउनुभयाे ।

भारत देखि लिएर तेश्रो मुलुक युएई ,कतार,साउदी, ओमान, कुवेत , बहराइन , जापान , अमेरिका क्यानडा ,अष्ट्रेलिया लगायतका अन्य मुलुकहरुको साथ र समर्थन रहेको यो अभियानको नेपाल संयोजक बिष्णु प्रसाद सुवेदी रहेनुभएकाे छ । केशब दवाडीको उपसंयोजक रहेको यस अभियान मा ११ सदस्यीय समिती रहेका छ ।

अहिले तत्काललाई अंधेरी खोला देखि घट्टारसम्म बाटोमा रहेका बिजुलिको पोलहरुमा बत्ती जडान गर्ने र दशै अगाडी यो अभियान सक्ने कतार संयोजक देबराज अर्यालले हेर्ने कुरा डट कम लाई बताउनु भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार