स्वास्थको लागि खेलकुद : गल्याङ उपप्रमुख न्यौपाने

२०७९ आश्विन ११, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

कल्पना भट्टराई
स्याङ्जा, ११ असोज । स्वास्थ्य रहनको लागि खेलकुद अपरिहार्य जस्तै भएको गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले बताउनु भएको छ । न्युआदर्श जनकल्याण युवा क्लबले आयोजना गरेको तेस्रो मौलाकालिक कप पुरुष भलिबल प्रतियोगिताको उदघाटन उपप्रमुख न्यौपानेले यस्तो धारणा राख्नु भएको हो ।

स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुदू भन्ने नारा सहित गल्याङ नगरपालिका वडा न.५ रुपाखानी नेवरडाडाको श्री न्युआदर्श जनकल्याण युवा क्लबले आयोजना गरेको तेस्रो मौलाकालिका कप पुरुष भलिबल प्रतियोगितामा प्रमुख अतिथि न्यौपाने हुनुहुन्थ्यो । क्लबका अध्यक्ष लिलु थापा सभापति रहनु भएको कार्यक्रममा ठुलो समुदायको उपस्थिति रहेको थियो ।

भलिबल प्रतियोगिताको उद्घाटनमा बोल्दै गल्याङ नगरपालिका नगरउपप्रमुख एब प्रमुख अतिथी हेमा न्यौपानेले यस क्लबलाई अगाडि बढाउनको निमित्त विशेष गरि स्वास्थका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भने मुल नारा लाई आत्मसात गर्दै अगाडि बढ्न समेत आग्रह गर्नुभयो । सम्पुर्ण खेलाडी हरुलाइ शुभकामना दिदै उहाँले जनताको हरेक सुख दुखमा साथ दिन तयार भएको समेत धारणा राख्नुभयो ।

कार्यक्रम शुभकामना मन्तव्य राख्दै बिशिस्ट अतिथी गल्याङ नगरपालिका वडा न ३ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराईले प्रत्येक खेलाडीहरुलाइ अगाडि बढाउनको लागि यो क्षेत्र अलि पछाडि परेको भन्दै त्यसको पहल अब आफैले थालनी गर्ने धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो हामिले यस्ता खेलहरु खेलाउनु पर्छ खेलको बिकासलाई तिब्रता दियौ भनी यो ठाउमा मात्रै होइन अन्तर्राष्ट्रिय स्तरसम्म हाम्रो पहिचान बनाउन सक्छौ ।

क्लब सचिब निमकली रानाको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष घनश्याम भट्टराई ,नेकपा माअओबादी नगर अध्यक्ष चन्द बहादुर राना (चित्र), गल्याङ नगरपालिका वडा न .५ का वडा सदस्य रेशम थापा लगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन कपिलदेब पान्डेले गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय