कालीगण्डकीमा भवन दुरुपयोग भएको बिषय के हो ?

२०७९ आश्विन २७, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा, २६असोज । मंसिर ४ मा हुन लागेको संघ र प्रदेशको निर्वाचनका लागि स्थानीय जनप्रतिनिधिले श्रोत साधनको दुरुपयोग गर्ने कार्य बढेको भन्दै निर्वाचन आयोगले बुधबार एक प्रेस बिज्ञाप्ति जारी गर्दै यस्तो कार्य गर्न नगराउन सबैलाई अनुरोध गर्‍यो ।  यदि यस्तो कार्य गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने निर्वाचनले जारी गरेकाे बिज्ञाप्तिमा उल्लेख छ ।

बुधबार अर्थात (हिजो) कालीगण्डकी गाउँपालिका स्याङ्जाले गाउँपालिकाको सरकारी भवन दुरुपयोग गरेकाे भन्दै साझ पख केही तस्बिरहरुले सामाजिक संजालमा एक खालको माहोल तात्याे । तस्बिरमा विभिन्न खाले टिकाटिप्पणी देखिन्थे । कसैले जानी नजानी गाउँपालिकाको बचाउमा प्रतिक्रिया जनाएको देखिन्थ्यो भने कसैले गाउँपालिकाले नेकपा एमाले बाट उम्मेदवार बनेकाहरुलाई गाउँपालिकाको भवनमा पार्टीको बैठक बोलाए राज्य श्रोतको दुरुपयोग गरेको भन्दै आरोपप्रत्यारोपमा देखिन्थे ।

सार्वजनिक भएका तस्बिर हेर्ने हो भने गाउँपलिका अथवा गाउँपालिका प्रमुख उपप्रमुख लगाएत प्रतिकाे आरोप सजिलै पुष्टि हुने खालका देखिन्छन् । कालीगण्डकी गाउँपालिका अध्यक्ष कालीगण्डकी गाउँपालिका लेखेको डयास उभिएर केही भाषण दिदै गरेको देखिन्छ भने त्यहीँ मञ्चमा नेकपा एमालेका तर्फबाट गण्डकी प्रदेश २ “ख” का उम्मेदवार बुद्धिमान श्रेष्ठले भाषण सुन्दै गरेको देखिन्छ । त्यतिमात्र होइन त्यहीँ मंचमा नेकपा एमाले गण्डकी प्रदेश सभाका उम्मेदवार बुद्धिमान श्रेष्ठले पनि भाषण गरेको देखिन्छ । त्यहीँ कार्यक्रममा नेकपा एमाले बाट निर्वाचित गाउँपालिका अध्यक्ष उपाध्यक्ष देखि अन्य जनप्रतिनिधि देखिन्छ ।

 

उक्त भवन गाउँपालिकाको मातहतमा आएको छैन : गा.पा. अध्यक्ष

सार्वजनिक भएका तस्वीर प्रति धेरैको जिज्ञासालाई मेटाउन हेर्ने कुराले कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापालाई सम्पर्क गरेको छ । हाम्रो सम्पर्कमा अध्यक्ष खिम थापाले कार्यक्रम भएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “कार्यक्रम भएको हाे तर गाउँपालिकाको भवनमा होइन ।” उहाँले गाउँपालिकाको मातहतमा नआएको र बन्दै गरेको भवनमा भवन निर्माण कम्पनीसंग कार्यक्रमको लागि स्पेस माग गरेर कार्यक्रम गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो “उक्त भवन हाम्रो मातहतमा आएको छैन, निर्माण कम्पनीकै मातहतमा छ । उक्त कम्पनीसंग पार्टीले आग्रह गरेर कार्यक्रम भएको थियो ।” गाउँपालिकाको मातहतमा उक्त भवन आइ नसकेको हुँदा यस बिसयमा धेरै टिकाटिप्णी गर्न नहुने थापाको भनाइ थियो ।

कालीगण्डकी गाउँपालिका मात्रै नभएर स्थानीय जनप्रतिनिधिले प्रयोग गर्ने सवारी साधन देखि सरकारी भवन उम्मेदवारहरुले प्रयोग गरेको भेटिए आम जनताले सजक बनाउन पर्ने देखिन्छ । त्यस्ता सूचना यहाँहरुसंग पनि हुनसक्छन् । तपाईं हाम्रो सम्पत्ति दुरुपयोग हुनबाट रोक्न तपाईंको पनि भुमिका आवश्यक पर्छ । त्यसैले यस्ता गतिविधि तपाईंको छर छिमेकमा पनि हुनसक्छ । त्यस्ता बिषय भेटिए आफूसंग भएको स्माट फोनको सहायतामा हामीलाई पठाउन नभुल्नु होला ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार