गल्याङ नगरपालिका ६ मा पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने

२०७९ आश्विन ३०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

युबराज सुवेदी
स्याङ्जा,३० असोज । गल्याङ नगरपालिका ६ चितुङमा रहेको पि.वि.वि.सि.एन.कालिका युवा क्लबको आयोजनामा आउदो कार्तिक १ गतेका दिन शुभ दिपावलीको पावन अवसरमा चितुङको घरेलु खेल मैदानमा पुरुष भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ।

बिकास,अनुशासन र गतिशीलता समाज निर्माणमा युवा एकता भन्ने नाराका साथ गल्याङ नगरपालिका ६ चितुङमा कार्यक्रम हुन लागेको हो । प्रतियोगितामा बिजेता टिमलाइ आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र सहित प्रथम रु.५१०००,दितिय रु .३१०००, तृतीय रु. १५००० र सान्त्वना रु. ८००० रकम सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने, साथै भेट्रान्स भलिबल तर्फ प्रथम एक थान बोका र दितिय एक थान पाठा प्रदान गरिने भएकाे छ । साथै नृत्य तर्फ पनि प्रथम रु ५००० मेडल,प्रमाणपत्र र दितिय रु २५०० प्रदान गरिने क्लबका सचीव भावना फौजालिले जानकारी दिनुभयो।

चितुङको काखैमा रहेको भाल्थुम कालिका मन्दिर ब्यवस्थापन र खेल मैदान मर्मत,ब्यवस्थापन गर्ने मुख्य उदेश्य रहेको क्लबका अध्यक्ष मनिसा बि.क.ले हेर्नेकुरा अनलाइन लाई बताउनुभयो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय