‘कोरोना माहामारीमा स्वास्थ्यकर्मीको भुमिका महत्वपूर्ण’

२०७८ आश्विन ४, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

असोज ४ स्याङ्जा । कोरोना भेरियन्टमा स्याङ्जाका स्वास्थ्यकर्मीको भुमिका महत्वपूर्ण रहेको बताइएको छ । विश्वलाई च्यालेन्ज गरेको कोरोना संक्रमणलाई न्युनिकरण गर्न स्वास्थ्यकर्मीले गरेको भुमिका प्रशंसनीय रहेको स्थानीयतहले जनाएका छन् । कोरोना संक्रमणको व्यवस्थापनमा गण्डकी प्रदेशमा उत्कृष्ट काम गरेको वालिङ नगरपालिकाले गरेको स्वास्थ्य शाखाको बार्षिक समिक्षामा सो बताइएको हो । वालिङ नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाका विषयमा स्वास्थ्य संस्थास्तरीय वार्षिक समीक्षामा संक्रमणलाई परास्त गर्न स्वास्थ्यकर्मीले देखाएको जोखिमयुक्त कामलाई प्रशंसा गर्न लायक रहेको जनप्रतिनिधिहरुले बताएका थिए ।

दुईदिनसम्म सञ्चालन हुने वार्षिक समीक्षामा नगर उपप्रमुख कल्पना तिवारीले स्वास्थ्यसम्बन्धी आधारभूत सेवालाई नागरिकहरुको पहुँचमा पु¥याउन जरुरी रहेको बताइन् । वडा÷वडामा स्वास्थ्य केन्द्र स्थापना गरी नगरवासीको सेवा प्रवाह भएको छ उपप्रमुख तिवारीले भनिन्,‘स्वास्थ्य संकटमा नगरपालिकाले नागरिकको स्वास्थ्यमा खेलवाड गर्नुहुदैन ।’ नागरिकहरुलाई स्वास्थ्य संस्थाबाट उपलब्ध गराउनुपर्ने सेवाहरु निरन्तररुपमा उपलब्ध गराउने र सेवा विस्तार गर्न नगरपालिकाले कुनै कसुर बाँकी राख्ने छैन उनले भनिन् ।

कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणमा स्वास्थ्यकर्मीहरुको निरन्तरको खटाई प्रशंसनीय छ उनले भनिन्,‘यसको मुल्याङ्कन गर्न नगरपालिका चुक्न हुदैन, स्वास्थ्यकर्मीको मनोबल बढाउनु पर्छ ।’ महामारीका समयमा जोखिम मोलेर अग्रपंक्तिमा रही सेवा दिनुहुने स्वास्थ्यकर्मीहरुकै कारण वालिङले कोरोना रोकथाम तथा नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्न सफल भयो उनले भनिन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले सेवा प्रवाह गर्ने क्रममा स्वास्थ्य क्षेत्रमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्दै अगाडि बढ्ने बताए । विभिन्न स्वास्थ्य संस्थाहरुले गरेका असल कार्य तथा अनुभवहरुलाई अनुशरण गर्दै आगामी दिनमा नयाँ योजनाहरु बनाउन सहज हुने तmर्m ध्यान केन्द्रित गर्न सापकोटाले आग्रह गरे । समीक्षा कार्यक्रममा नगरभित्र रहेका अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य इकाईका प्रमुख तथा प्रतिनिधि स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको छ स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय