उपन्यास मोचनको बिमोचन

२०७८ आश्विन १६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १६ असोज । साहित्यकार डा. तुलसी आचार्यद्धारा लिखित उपन्यास मोचनको विमोचन भएको छ । समालोचक तथा कवि महेश पौड्याल, प्राध्यापक ज्ञानु अधिकारी, आख्यानकार तथा सम्पादक राजन मुकारुङ र सन्चारकर्मी टिकाराम यात्रीले संयुक्त रुपमा सनिवार प्रज्ञाप्रतिष्ठानमा राखिएको कार्यक्रममा उपन्यास विमोचन गर्नुभएको हो ।

विमोचन कार्यक्रममा उपन्यासले उजागर गरेका वा देखाउन खोजेको विविध पक्षमा प्यानल छलफल भएको थियो । समसामायिकता र पुरुष मनोविज्ञानमा आधारित उक्त उपन्यासले धेरैको मन जित्नेमा आफू विश्वस्त रहेको कार्यक्रममा उपस्थित प्रस्तोताहरूले बताउनुभयो ।

उक्त कार्यक्रमको संचालन सरोज घिमिरेले गर्नुभएको थियो भने शुभकामना मन्तब्य उपन्यासका प्रकासक फिनिक्स बुक्सका गणेश सुवेदीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय