पूजा खड्का
स्याङ्जा, २ वैशाख । पुतलीबजार नगरपालिकाले आयोजना गरेको मेयर कप पुरुष भलिबल तथा महिला भलिबल प्रतियोगिता आईतबार समापन भएको छ। मेयर कप अन्तरगत पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ७ ठूला डिही र महिला भलिबलको उपाधि वडा नम्बर १२ पेल्काचौरले हात पर्न सफल भएको हाे।
कार्यक्रममा पुतलीबजार नगरप्रमुख तुलसी रेग्मी प्रमुख अतिथिले खेलकुद सम्बन्धी आवश्यक पूर्वाधारमा नगरले आउँदो दिनमा ख्याल गर्दै अघि बढ्ने र पुरस्कार राशीको राम्रो व्यवस्था गर्ने बताउनुभयो।
पुतलीबजार नगरपालिका १ माले बगर स्थित कभर्ड हल मा आयोजना भएको पुरुष भलिबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर १२ पेल्काचौर लाई वडा नम्बर ७ ठूला डिही ले हराउँदै मेयर कप पुरुष भलिबलको उपाधि जितेको हो।
प्रतियोगितामा पुतलीबजार नगरपालिका को वडा नम्बर ७ ठूला डिहि ले प्रथम स्थान सहित ८० हजार नगद ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल रहेको छ। त्यसै गरी दोस्रो स्थान हासिल गर्दै वडा नम्बर १२ पेल्काचौर ले ५० हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ। त्यसै गरी तेस्रो स्थान हासिल गर्दै वडा नम्बर ६ टक्सार ले तीस हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र आफ्नो पोल्टामा पार्न सफल भएको छ।
त्यसैगरी महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा वडा नम्बर १२ पेल्काचौर ले वडा नम्बर ६ टक्सार लाई हराउँदै मेयर कप महिला भलिबलको उपाधि जित्न सफल भएको छ।
प्रतियोगितामा पुतलीबजार नगरपालिका वडा नम्बर १२ पेल्काचौर प्रथम हुँदै ४५ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल रहेको छ। वडा नम्बर ६ टक्सार दोस्रो स्थान मा आउँदै ३५ हजार नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ । त्यसै गरी तेस्रो स्थान मा आउँदै वडा नम्बर १३ सातुपसल ले बीस हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार राशि हात पार्न सफल रहेको छ।
भलिबल प्रतियोगितामा पुरुषतर्फ उत्कृष्ट खेलाडीमा वडा नम्बर ७ ठूला डिही का सन्जु बिक्रम शाह, उत्कृष्ट सर्भर मा वडा नम्बर ७ ठूला डिही कै सूर्य श्रेष्ठ, उत्कृष्ट डिफेन्डर वडा नम्बर १२ पेल्काचौर का जापान गुरुङ, उत्कृष्ट सेटर मा वडा नम्बर ७ ठूला डिही का अन्जन केसी, उत्कृष्ट स्पाइकर मा वडा नम्बर ६ टक्सार का राजु गुरुङ, उत्कृष्ट ब्लकर मा वडा नम्बर १२ पेल्काचौर का मनोज भुजेल रहनुभएको छ भने र वडा नम्बर ७ ठूला डिही का उत्तम थापा प्रशिक्षक मा उत्कृष्ट रहनुभएको छ।
त्यसै गरी महिलातर्फ उत्कृष्ट खेलाडीमा पुतलीबजार १२ पेल्काचौरका सुदिना गुरुङ , उत्कृष्ट सर्भरमा वडा नम्बर ६ टक्सारका दिया गुरुङ, उत्कृष्ट डिफेन्डरमा वडा नम्बर १२ पेल्काचौरका लोक शिला गुरुङ, उत्कृष्ट सेटरमा वडा नम्बर ६ टक्सारका अनुष्का गुरुङ, उत्कृष्ट स्पाइकरमा वडा नम्बर १२ पेल्काचौरका सदिक्षा गुरुङ, उत्कृष्ट ब्लकर मा वडा नम्बर १३ सातु पसलका पूर्णता शाही र उत्कृष्ट प्रशिक्षकमा वडा नम्बर १२ पेल्काचौरका पदम गुरुङ उत्कृष्ट बन्नु भएको छ।
कार्यक्रम पुतलीबजार नगर खेलकुद समितिका अध्यक्ष याम प्रसाद गुरुङ्गको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन शिक्षा शाखा शोभा बस्याल न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा नगर उपप्रमुख देवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गाना, सम्पूर्ण वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विषय गत समितिका संयोजक, खेलप्रेमी बुद्धिजीवी स्थानिय सर्वसाधारण लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।