डाक्टर र सामग्री निशुल्क उपलब्ध भएपछि दुई बर्षलाई उपचारमा सहुलियत

२०७८ कार्तिक ६, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा ६ कार्तिक । कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालले डाक्टर र रोटरी क्लबले सामग्री उपलब्ध गराएपछि दुई बर्षसम्मको लागि गल्याङ नगर अस्पतालमा दात सम्बन्धि उपचारमा सहुलियत हुने भएको छ ।

उपचारको लागि आवश्यक सामग्री र डाक्टर दुई बर्ष सम्मको लागि निशुल्क उपलब्ध भएपछि गल्याङ नगर अस्पतालमा एक कार्यक्रमका बीच शुक्रबार दन्त विभाग सुरु गरिएको छ । उक्त बिभागको उद्घाटन नगर प्रमुख भूपराज अधिकारीले गर्नुभएको हो ।

रोटरी क्लब अफ काठमाडौं नर्थ, रोटरी इन्टरनेशनल काठमाडौं ३२९२ र न्यू ताइपे ताइवानको रोटरी क्लब अफ उकु जिङ्जोङ र रोटरी इन्टरनेशनलको संयुक्त प्रयास तथा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालको प्राबिधिक सहयोगमा दन्त विभागको स्थापना गरिएको कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले जानकारी दिनुभयो । दुई वर्ष सम्म कान्तिपुर डेन्टल तथा शिक्षण अस्पतालले जनशक्ति व्यवस्थापन गर्ने छ।

डाक्टर र आवश्यक सामग्री निशुल्क उपलब्ध भएपछि अस्पतालमा हुने दात सम्बन्धि उपचारमा सहुलियत हुने अस्पताल प्रशासनले जनाएको छ । ” अब शुल्क लाग्ने भनेको औसधिको हो बिमा हुने लाई त्यो पनि निशुल्क हुने हुँदा उपचारमा ठूलो राहत हुन्छ ।” अस्पताल प्रशासनको भनाइ छ । उक्त विभागको स्थापना सँगै गल्याङ् नगरपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका, पाल्पाको रम्भा गाउँपालिका र रामपुर नगरपालिकाका जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सेवा लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय