नेपाल संवतको सांस्कृतिक महत्वलाई प्रवर्द्धन गरिनेछ : प्रधानमन्त्री देउवा

२०७८ कार्तिक १९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ललितपुर,१९ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाल संवत्को सांस्कृतिक महत्वलाई प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभएको छ ।

नयाँ वर्ष नेपाल संवत् ११४२ का अवसरमा आज ललितपुरको मङ्गलबजारमा सांस्कृतिक -यालीको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले नेपाली संस्कृति र जनजीवनको भावनासँग जोडिएको नेपाल संवत्को ऐतिहासिकता र महत्वलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नयाँ वर्षका अवसरमा शुभकामना दिँदै सरोकार भएका पक्षको सुझाव र मागका आधारमा सरकारले उक्त संवत्का लागि गर्नुपर्ने प्रवद्र्धन र संरक्षणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विभिन्न जातीय संस्थाले हरेक वर्ष मनाउँदै आएको उक्त संवत्का अवसरमा यस वर्ष देउला समाजको संयोजन र नेपाल खड्गी समाजको सहसंयोजनमा -यालीको आयोजना गरिएको थियो । मङ्गलबजारबाट परम्परागत बाजागाजा र वेषभूषासहित सौघाललगायत भित्री सहर हुँदै पुनः मङ्गलबजार पुगेर -यालीको समापन भएको थियो ।

कार्यक्रममा नेपाल भाषा मंका खलः ललितपुरका अध्यक्ष ऋषिप्रसाद श्रेष्ठले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिइसकिएकाले यसलाई सरकारी कामकाजको मान्यता दिन सरकारले ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार