पोखरा, १७ पुस । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन पोखराले आयोजना गरेको सडक महोत्सवमा डुङ्गा दौड प्रतियोगिता भएको छ । २३औँ संस्करणको महोत्सवमा आयोजित प्रतियोगितामा स्विमिङपुल घाटको ‘ए’ समूह पहिलो भएको हो ।
बवसुन्धरा पार्कदेखि बाराही मन्दिर घुमेर पुनः वसुन्धरा पार्कसम्म दौड भएको थियो । ११ समूहले भाग लिएको प्रतियोगितामा २० मिनेट ४५ सेकेण्टमा निश्चित दूरी पार गर्दै स्विमिङपुल ‘ए’ पहिलो बनेको हो ।
२० मिनेट ४८ सेकेण्डमा दूरी पार गरेको फेवा घाट दोस्रो भयो भने २० मिनेट ५० सेकेण्डमा दौड पूरा गर्दै बाराही घाटको सी टोली तेस्रो बनेको छ ।
पहिलो, दोस्रो र तेस्रोले नगद २०, १० र ५ हजार पुरस्कार पाएका छन् । रेवानले हरेक अङ्ग्रेजी नयाँ वर्षमा सडक महोत्सव आयोजना गर्दै आएको छ ।