आर्जुलाई नारायणहिटी सुम्पने तयारी

२०७८ पुष २१, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाडौँ, २१ पुस । नारायणहिटी भित्र बन्दै गरेको रेष्टुरेन्टमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा रोक लगाइएपछी यो प्रसङ्ग थप रोचक बन्दै गएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाकि श्रीमती आर्जु राणा देउवा सल्लाहकार रहेको बतास ग्रुपले निर्माण गरेको रेस्टुरेन्टमा मन्त्री आलेको ठाडो निर्देशनमा रोक लगाइएपछी यश सम्बन्धि विभिन्न बहसहरु सुरु भएको पाइएको छ । झट्ट हेर्दा लोकप्रिय निर्णय गरेको देखिने मन्त्री आलेको यो निर्णय दीर्घकालीन रुपमा बतास ग्रुपलाई थप बलियो बनाउन योजनाबद्धले अगाडि बढाइएको धेरैको बुझाई छ ।

पछि विवाद नआओस् भन्नकै लागि सरकार र न्यायालय आफ्नै मातहतमा रहेका बेला निर्णय आफ्नै पक्षमा पार्ने सकिने भएको हुँदा यो बिषयलाई नितिगत निर्णय गर्नको लागि हाल विवादमा तानिएको धेरैको बुझाइ छ । सरकार परिवर्तन हुँदा पनि यो योजना रोक्न नसकोस भन्नका लागि सर्बोच्चबाट आदेस दिएर सधैको लागि सुम्पन योजनाबद्ध ढंगले काम भैइरहेको धेरैको बुझाइ छ ।

नारायणहिटी दरबारभित्र रेस्टुन्ट बनाउन लागिएको भन्दै विरोध भइरहेका बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट बनाउन रोक लगाउन ठाडो निर्देशन दिएपछि मन्त्री आले प्रसंशा सुरु भएपनि यो रोक लगाउन भन्दा थप बलियो बनाउन योजनाबद्ध ढंगले थालिएको चर्चा सुरु भएको हो ।

मन्त्रालयअन्तर्गतको नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यबस्थापन तथा सञ्चालन विकास समितिले नारायणहिटी दरबारभित्र रेस्टुरेन्ट निर्माण कार्य रोक्न निर्देशन दिएको हो । समितिले २० पुसमा बि। म्यानेजमेन्ट प्रा।लिलाई पत्र काटेर निर्माण कार्य रोक्न निर्देशन दिएको थियो ।

‘यस नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा सञ्चालन बिकास समिति र त्यस प्रा।लि। बिच सम्झौता भई अगाडी बढेको निर्माण कार्यका सम्बन्धमा सञ्चार माध्यमहरुमा आएका समाचारका कारण विवाद सृजना हुन गएकोले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मौखिक आदेश बमोजिम अर्को आदेश नभएसम्मका लागि निर्माण कार्य तत्काल रोक्न हुन जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले बि। म्यानेजमेन्ट प्रा।लिलाई दिएको निर्देशन पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार