गाउँको विकासका लागि समानुपातिक बजेट : मुख्यमन्त्री पोखरेल

२०७८ माघ ५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गलकोट, ५ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गाउँको विकासका लागि समानुपातिक बजेट विनियोजन गर्ने योजनामा प्रदेश सरकार रहेको बताउनुभएको छ । उहाँले कोरोना भाइरस सङ्क्रमणविरुद्धको अभियानमा सबै जुटेर लाग्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस बागलुङले मङ्गलबार आयोजना गरेको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पोखरेलले अघिल्लो सरकारले बजेट ल्याएकाले केही स्थानमा धेरै र केहीमा थोरै विनियोजन भएको पाइएको उल्लेख गर्दै आगामी दिनमा समानुपातिक बजेट विनियोजन गरिने बताउनुभयो । आफ्नो नेतृत्वको सरकार परिस्थितिले निम्त्याएको हुँदा सोचेअनुसार काम हुन नसकेको र आगामी वर्ष सबै क्षेत्रलाई समेट्ने गरी बजेट ल्याउने उहाँको भनाइ थियो ।

बागलुङको सर्वसिद्धिधाम पञ्चकोटको अवलोकनसमेत गर्नुभएका मुख्यमन्त्री पोखरेलले त्यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । कोरोनाको तेस्रो लहरबाट बच्न सबै नागरिक सचेत हुन उहाँले आग्रह गर्दै केही महिनाभित्र सबैलाई कोरोनाविरुद्धको खोप लगाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय