स्याङ्जा काँग्रेसको प्रबक्तामा लम्साल

२०७८ माघ ५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कृष्ण बस्याल 

स्याङ्जा, ५ माघ । नेपाली काँग्रेस स्याङ्जाको प्रबक्ताको जिम्मेवारी भरतप्रसाद लम्सालले पाउनुभएकाे छ । स्याङ्जा काँग्रेसका सभापति तथा संविधानसभा सदस्य राजु थापाले लम्साललाई जिम्मेवारीको पत्र थमाउँदै प्रबक्ताको जिम्मेवारी दिनुभएकाे हाे ।

नेपाली काँग्रेसको विधान–२०१७, (नवौं संशोधन–२०७५) को दफा १२ को उपदफा ५ ख (२) र उपदफा ७ (ङ्) द्धारा प्राप्त अधिकार प्रयोग गरी सभापति थापाले महाधिबेशन प्रतिनिधि लम्साललाई जिल्ला सदस्यमा मनोनित गर्दै प्रबक्ताको जिम्मेवारी दिनुभएकाे छ ।

राजनीतिकशास्त्र र अर्थशास्त्रमा एम.ए. गरेका लम्साल स्याङ्जा काँग्रेसमा बौद्धिक नेताका रुपमा लिईन्छ । २०३६ सालबाट बिद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा थालेका लम्साल नेपाल शिक्षक संघको केन्द्रिय उपाध्यक्ष हुनुहुन्छ । जिल्ला सदरमुकाम निवासी लम्साल जिल्लास्थित विभिन्न सामाजिक संघ संस्थामा आबद्ध हुनुहुन्छ।

१४ औं महाधिबेशन अन्र्तगत स्याङ्जा जिल्लाको सभापतिमा निर्वाचित संविधानसभाका सदस्य समेत रहेका राजु थापाले औपचारिक रुपमा पार्टीको आन्तरिक कामलाई तिव्रता दिनुभएकाे छ । चुनावी प्रक्रियामा देखिएका चुनौतीहरुलाई अन्त्य गर्नका लागि सक्दो प्रयास गर्ने पनि सभापति थापाले बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय