ज्यानमारा नाली

२०७८ माघ १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चितवन, १२ माघ । नालीमा खसेर गैंडा मरेको केहि दिन बित्न नपाउदै बुधबार भरतपुर महानगरपालिकामा सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ ।

आइतबार भरतपुर महानगरपालिका ९ गोन्द्राङस्थित पूर्व पश्चिम राजमार्गमा बन्दै गरेको ६ लेन सडकको नालीमा खसेर एउटा गैंडा मरेको थियो । भने भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर बुधबार एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीयवासी राजु विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आज बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको हो । प्रहरीका अनुसार विकलाई साइकलसहित स्थानीयवासीले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय