धौलागिरी लघुवित्तले ३ लाख कित्ता आईपीओ निष्कासन गर्दै

२०७८ माघ १२, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, १२ माघ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ३ लाख कित्ता साधारण सेयर निष्कासन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त कार्यको लागि संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले आज सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँमा द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय