भोजपुर, १४ माघ । खैरो हेरोइर्न सहित पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी । जिल्ला प्रहरी कार्यालय भोजपुरले करिब दुई ग्राम एक मिलिग्राम ब्राउन सुगर र रु ८३ हजार ६ सय नगदसहित ट्रक चालक धनकुटा नगरपालिका घर भइ मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र संखुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर पक्राउ गरेको हो ।

