रु ९००ले घट्यो सुन

२०७८ माघ १४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १४ माघ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९२ हजार ६०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ५००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार १०० रहेको छ यसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ले घटेर रु एक हजार २६५ कायम भएको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका कारोबार मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक मूल्य तोक्ने गर्दछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार