पोखरामा निर्माण भइरहेका बाटा गुणस्तर हिन भए : वडा अध्यक्ष बास्तोला

२०७८ माघ १५, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखरा, १५ माघ । पोखरा महानगरपालिकाले नगर भित्रका विभिन्न बाटोमा गरेको अस्पाल (कालोपत्रे) गुणस्तर हिन भएको पोखरा महानगर पालिकाका वडा नम्बर चारका अध्यक्ष शंकर बास्तोलाले बताउनुभएको छ ।

हेर्ने कुरा अनलाइनसंग कुराकानी गर्दै बास्तोलाले महानगरले बनाइरहेका बाटोमा कसैको अनुगमन समेत हुन नसकेको भन्दै दैनिकी हुने काम निकै गुणस्तरहिन भएको बताउनुभएको हो । उहाँले भन्नुभयो “महानगर भित्र बाटो धमाधम अस्पाल (कालोपत्रे) भइरहेको । ती काम गुणस्तरहिन छन् । त्यहाँ अनुगमन समेत कसैको हुन सकेको छै ।” एउटै प्रकृतिका बाटो बनाउदा प्रदेश सरकार, सडक विभाग र महानगर पालिकाको दर रेट समेत फरकफरक आउनुले बाटो निर्माणमा केही मिलिमोतो हुनसक्ने उहाँले बताउनुभयो ।

पोखरा महानगरपालिकाले पोखराका विभिन्न भित्री सडकहरुलाई अस्पाल (कालोपत्रे) गर्ने काम धमाधम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय