निमित्तका भरमा गुणस्तर तथा नापतौल कार्यालय

२०७८ माघ १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

वीरगञ्ज, १७ माघ । मधेश प्रदेश र बागमती प्रदेश कार्यक्षेत्र रहेको पर्साको वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालय हाल निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । तत्कालीन कार्यालय प्रमुख शशीभूषणकुमार यादवले गत मङ्सिर २४ गतेदेखि अनिवार्य अवकाश पाएपछि हालसम्म निमित्तका भरमा कार्यालय सञ्चालन हुँदै आएको छ ।

गुणस्तर तथा नापतौल विभागबाट हालसम्म उपसचिव नपठाएपछि आफैँले निमित्त प्रमुखका रुपमा कामकाज गर्दै आएको निमित्त प्रमुख नापतौल अधिकृत सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

वीरगञ्जस्थित गुणस्तर तथा नापतौल कार्यालयसहित उक्त कार्यालयको मातहातमा बागमती प्रदेशको मकवानपपुर हेटौँडास्थित ट्यागंकर क्लीब्रेसन एकाइ (पेट्रोलिय पदार्थ बोक्ने ट्याक्कर परीक्षण गर्ने) कार्यालय रहेको छ । दुवै कार्यालयमा गरी हाल करिब १४ कर्मचारी कार्यरत छन् ।

सो कार्यालयबाट विभिन्न व्यापार तथा व्यसायमा आवश्यक पर्ने नापतौल तथा नापतौल गर्ने यन्त्रको इजाजत प्रमाणपत्र जारी गर्ने तथा नवीकरण गर्ने काम हुने गर्दछ । साविकको गुणस्तर तथा नापतौल विभागअन्तर्गतको नारायणी अञ्चल कार्यालयमा रहेको उक्त कार्यालयको हाल मधेश प्रदेशको रौतहट, बारा र पर्सा यसैगरी बागमती प्रदेशको चितवन र माकवानपुर कार्य क्षेत्र रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय