आज पनि ४०० रुपैयाँले घट्यो  सुनको मूल्य  

२०७८ माघ १७, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, १७ माघ । केही दिनयता लगातार ओरालो यात्रामा रहेको सुनको मूल्य सोमबार पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुन तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । गत आइतबार छापावाला सुन तोलामा ४०० रुपैयाँले नै घट्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत आइतबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार