माघ मसान्तसम्म विद्यालय नखोल्न तनहुँ प्रशासनको आदेश

२०७८ माघ १८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

तनहुँ, १८ माघ । जिल्ला प्रशासन कार्यालय तनहुँले माघ मसान्तसम्म विद्यालय सञ्चालन नगर्न आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले सोमबार आदेश जारी गर्दै विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन मन्त्री परिषद्को निर्णय, गृह मन्त्रालयको आदेश तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार माघ मसान्तसम्म विद्यालय, विश्व विद्यालय, कलेज, ट्युशन सेन्टर वा अन्य सम्पुर्ण शैक्षिक क्रियाकलापहरू माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन गर्न रोक लगाउनुभएको छ।

साथै सम्पुर्ण शैक्षिक क्रियाकलापहरू भर्चुअल या वैकल्पिक शिक्षा विधि मार्फत सञ्चालन गर्न प्रशासनले आदेश दिएको छ । तर विद्यालय, विश्व विद्यालय तथा कलेजका पूर्व निर्धारित परीक्षा, वैदेशिक रोजगारीको लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै प्रयोगात्मक कक्षाहरू जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्न सकिने प्रशासनको आदेशमा उल्लेख छ ।

त्यसैसरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचना बमोजिम १२ देखी १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खोप लगाउनको लागि माघ २० गतेसम्म विद्यालय खोल्न दिइने आदेशमा उल्लेख छ ।

त्यसैसरि सिनेमा घर, डान्सबार, दोहोरी नाचघर, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, हाटबजार लगायत मानिसहरू भेला हुने सबै प्रकारका गतिविधिमा माघ मसान्तसम्म रोक लगार्ईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय