शिक्षकले राजनीति गरेको भन्दै अख्तियरमा उजुरी, के भन्छ आयोग

२०७८ माघ १८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १८ माघ । शिक्षकले राजनीति गरेको भन्दै अख्तियारमा उजुरी परेपछि यहाँका शिक्षक, शिक्षकसंघ देखी राजनीतिक दलसम्म खैलाबैला छाएको छ ।

स्याङ्जा जिल्ला गल्याङ नगरपालिका भित्र कार्यरत शिक्षकले स्कुल छाडेर राजनीतिदलका कार्यक्रम सहभागी भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग  पोखरामा पौष २० गते बेनामी उजुरी परेको थियो । उजुरी पर्नेहरुमा श्री महेन्द्र आधारभूत बिधालय गल्याङ ६ मा कार्यरत शिक्षक दानबहादुर थापा, श्री गल्कोट माबी गल्याङ ११ मा कार्यरत शिक्षक राजेन्द्रदेव खनाल, श्री हुलाक आधारभूत बिधालय गल्याङ  ११ मा कार्यरत शिक्षिका भेमला बराल, श्री राष्ट्रिय माबी गल्याङ ७ मा कार्यरत शिक्षक झबिराम पाण्डेय, श्री कालिका माबी गल्याङ ४ मा कार्यरत शिक्षक रामप्रसाद न्यौपाने, श्री गल्कोट माबी गल्याङ  ११ मा कार्यरत शिक्षिका सावित्रा कडेल रहनुभएको छ ।

उजुरीमा नेकपा एमाले सम्बद्ध शिक्षकहरुले राजनीति गरेको भन्दै नामै उल्लेख गरि दर्ता भएपछि यसलाई कतिपयले राजनीतिक प्रतिशोध साधिएको भनिरहेका छन् भने कतिपयले शिक्षकले राजनीति गर्न नहुने धारणा व्यक्त गरेको पाइन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा परेकाे उजुरी उपर कारबाही प्रक्रिया अगाडि बढेको आयोगले जनाएको छ । हेर्ने कुरा डटकमलाई आयोगले जानकारी गराए अनुसार उजुरी दर्ता भएको हुदा प्रक्रिया अगाडि बढेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय