सिडियोको सक्रियतामा डम्पिङ् अक्सिजनप्लान्ट संचालन

२०७८ माघ १८, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा, १८ माघ । कोरोनाको दोस्रो लहरमा अक्सिजनको अभावमा बिरामीमा समस्या भएका खबरहरु आउन थालेपछि नेपाल सरकारले हरेक जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट संचालन गर्ने निर्णय ग¥यो । सोही बमोजिम गण्डकी प्रदेश सरकारले ११ जिल्लामा अक्सिजन प्लान्ट शुरु गर्न उपकरण खरिद गरियो । स्याङ्जामा पनि अक्सिजन प्लान्टका लागि उपकरण आएर पनि संचालनमा ल्याउन नसकेर डम्पिङ् रहेको थियो ।

तेस्रो कोरोना कहर आएसगै आवस्यकता महशुष गरिएको अक्सिजन प्लान्टमा जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी राजु पौडेलले प्लान्टको ध्यानाकर्षण गरे । विद्युत् अभावमा डम्पिङ अवस्थामा रहेको प्रजिअ पौडेलले थाहा पाएपछि अक्सिजन प्लान्टको उपकरणलाई सुचारु गर्न तिनसाता देखि प्रयत्न गरे । लामो समय डम्पिङ् अवस्थामा रहेको अक्सिजन प्लान्ट जिल्ला अस्पतालमा मंगलबारदेखि संचालनमा आएको छ । अक्सिजन प्लान्टको सुरुवात भएको जानकारी प्रजिअ पौडेलले गराए । मेशिनको स्विच अन गर्दे प्रजिअ पौडेलले भने,‘अक्सिजनका लागि जिल्लावासी अव बाहिर जानुपर्दैन ।’ बिजुलीका लागि नयाँ ट्रान्सफर्मर सहित अक्सिजन प्लान्ट संचालनमा आएको छ यो जिल्लाबासीका लागि खुशीको खबर हो उनले भने ।

जिल्लामा रोकिएका र गर्न नसकिएका विकास निर्माणका काम देखि अन्य नागरिकको आवश्यकतालाई महशुष गरेर छनोट गरिएका योजनामा हाम्रो ध्यानाकर्षण हुने छ प्रजिअ पौडेलले भने । हरेक काममा लगाब हुनुपर्छ प्रजिअ पौडेलले भने,‘निरन्तरताको खाँचो र सबैको सहयोग हुनु आवश्यकता छ ।’ जुन सबैको साथ र सहयोगले डम्पिङ् अवस्थामा रहेको नागरिकको आवश्यकताको स्वास्थ्य उपकरण सुचारु गर्न सफल भयौ उनले भने ।

अवदेखि अस्पतालमा अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपर्ने दावी जिल्ला अस्पतालको छ । यहाँ उत्पादित अक्सिजनले स्याङ्जा जिल्लाभरको अक्सिजनको माग सहजै पुरा गर्न सकिने अस्पताल प्रमुख रमेश आचार्यले बताए । संघिय सरकारको सहयोगमा भदौदेखि प्लान्ट निर्माण सुरु गरिएको हो । एक करोड ३६ लाखको लागतमा प्लान्ट निर्माण आज सम्पन्न भएको छ । अक्सिजन प्लान्ट १५ एनएमक्युब क्षमताको छ । प्रति घण्टा १५ हजार लिटर अक्सिजन उत्पादन गर्छ । दैनिक सरदर ७५ वटा अक्सिजन सिलिण्डर भर्ने क्षमताको रहेको छ । यसले १५ हजार लिटर प्रतिघण्टा अक्सिजन उत्पादन गर्ने र ८ हजार लिटर प्रतिघण्टा अक्सिजन भर्न सक्ने डा. आचार्यले जानकारी दिए । उनका अनुसार भरिएको प्रति सिलिन्डरमा ६ हजार ४ सय लिटर अक्सिजन हुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय