गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

२०७८ माघ २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २१ माघ । गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो ।

नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ । मापदण्ड पुरा गरे÷नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्वास्थ्य तथा खेलकुद शाखाका उपसचिव विजयप्रसाद आचार्यले जानकारी दिनुभयो । विद्यालय सम्बद्ध विभिन्न पेशागत संघ संगठनको माग अनुसार कक्षा सञ्चालन गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय