एमसीसीबारे छलफल गर्न ओली, देउवा र ‘प्रचण्ड बालुवाटारमा

२०७८ माघ २३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री ओली असार ३० पछि पहिलोपटक देउवालाई भेट्न बालुवाटार जान लाग्नुभएको हो ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच अपरान्ह ४ बजे बालुवाटारमा छलफल हुने भएको हो । प्रधानमन्त्रीबाट हटेपछि असार ३० गते ओलीले बालुवाटार छोडनु भएको थियो । पुस २४ गते ओलीलाई भेट्न देउवा बालकोट नै पुगेका थिए । त्यसपछि पहिलो पटक देउवा र ओलीबीच भेटवार्ता हुँदैछ । समसामयिक विषयमा छलफल हुने ओलीको सचवालयले बताएको छ । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका ओलीले आज देउवासँग भेटवार्ता गर्न लाग्नुभएको हो । आजको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुने बताइएको छ । ओलीसँग एमाले महासचिव शंकर पोखरेल पनि बालुवाटार जाने बताइएको छ ।

एमसीसी जसरी पनि पास गर्ने रणनीतिमा देउवाले एमसीसीबारे घनिभूत छलफल गर्न ओलीलाई बालुवाटार नै बोलाएको बुझिएको छ । देउवा पेलेर एमसीसी पास गर्न लागेपछि सत्ता गठबन्धन टुट्ने खत्रा पनि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार