पार्टीको छायाँमा परेका उत्तर कोरियाका काङ्ग्रेस युवा

२०७८ फाल्गुन १३, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

स्याङ्जा,१३ फागुन । बिपिले “काङ्ग्रेस हेर्न स्याङ्जा जाउ” भन्ने गरेपनि त्यहीँ जिल्ला भित्र यस्तो एउटा गाबिस पनि थियो जहाँ सर्वदलीय बैठकमा नेपालि काङ्ग्रेसको उपस्थिति पनि भेटिदैन थियो । साबिक ६२ वटा गाबिस बाट हाल ११ स्थानीय तहमा परिणत भएको उक्त गाबिस हाल गल्याङ नगरपालिका भित्र पर्दछ ।

काङ्ग्रेसको उपस्थिति हुन नसकेको गल्याङ नगरपालिका वडा नम्बर ७ पेलाकोटमा पछिल्लो समय काङ्ग्रेसमय बनेको छ भन्दा त्यति फरक पर्दैन । काङ्ग्रेसको बीउ समेत नभेटिने उक्त गाउँमा अहिले घरै पिच्छे काङ्ग्रेस भेटिन्छन् । गाउँमा पुरै कम्युनिस्ट हुँदा विकासमा कुनै परिवर्तन नभेटेपछि पछिल्लो समय काङ्ग्रेस प्रति युवाको लहर बढेको देखिएको हो । युवा काङ्ग्रेस तिर लागेपछि गाउनै काङ्ग्रेसमय बन्दै गएको छ ।

कम्युनिस्ट गड मानिएको गाउँमा कम्युनिस्टले पुरै लामाे समय देश संचालन गर्दा पनि त्यहाँको विकासमा कुनै ध्यान नदिएको भन्दै पेलाकोटबाट बुटवल पुगेर ब्यबसाय गर्नुभएका एस.बि. खड्का (सुनिल) ले गाउँमा सर्वदलीय बैठक अथवा प्रतिपक्षको भुमिका निर्वाह नहुदा गाउँको कुनै विकास हुन नसकेको भन्दै गाउँमा लोकतान्त्रिक बिधि र पद्धतिलाई आत्मसाथ गर्ने जेठो पार्टी नेपाली काङ्ग्रेसको बिचारलाई प्रवाह गर्ने अभियानमा लाग्नुभएको छ । गाउँ विकासलाई केन्द्र बिन्दुमा राखेर राजनीति गर्ने प्रतिबद्धता सहित ब्यबसाय संगै गाउँको राजनितीमा हुमिनु भएका खड्कालाई काङ्ग्रेस नेतृत्वले भने खासै चिन्न सकेको भेटिदैन ।

प्रष्ट विचार राख्ने खड्कालाई गाउँलेले आशा र भरोसाको केन्द्र मानेपनी उहाँले राजनैतिक उचाइ भने प्राप्त गर्न सक्नुभएको छैन । गुटगत राजनीति मौलाएको काङ्ग्रेस भित्र मात्रै काङ्ग्रेस हुनेहरु अवसरबाट बन्चित हुन्छन् भन्ने एउटा ज्वलन्त उदाहरण पनि हुनसक्छ । गुट भन्दा पनि काङ्ग्रेसको नितिलाई अगाडि सारेर कम्युनिस्टको गडमा काङ्ग्रेस बनाउने अभियानमा लाग्नुभएका खड्काले अहिलेसम्म २०७७ सालको अध्यावाधिक अनुसार राष्ट्रिय माबि पेलाकोटमा १२१२, महेन्द्र आदर्श आधारभूतमा १४५५ र कालिका आधारभूत पड्काङमा ६२५ भोटर लिस्ट भएको उक्त गाउँमा हालसम्म करिब आधा भोटर काङ्ग्रेस बनाइसक्नु भएको छ । भबिस्यको आशाको केन्द्र मानेर खड्कालाई नेतृत्वमा पुर्याउन गाउँमा काङ्ग्रेस बनेकाहरुको मनोभावनालाई काङ्ग्रेस पार्टीले बेलैमा बुझ्न जरुरी छ ।

राष्ट्रिय मानवअधिकार आयोगमा समेत रहेर काम गर्नुभएका खड्का ब्यबसाय संगै बुटवल बस्दै आउनुभएको थियो । ब्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन पूरा गरि राजनीति संकायमा स्नातकोत्तरको तयारीमा लाग्नु भएका उहाँले गाउँको विकासका निम्ति यो कदम चालेको बताउदै आउनुभएको छ । पार्टीलाई समय परिस्थिति अनुकुल प्रशिक्षात्मक, प्रचारात्मक र समिक्षात्मक ढंगले अगाडि बढाउन पटकपटक सुझाव दिदै आउनु भएको छ । कम्युनिस्टको गड मानिने उक्त क्षेत्रमा सु-शासन तथा मानवअधिकारको बाहाली गर्दै सभ्य र स्वस्थ समाज निर्माण गर्ने ध्येयका साथ स्याङ्जा जिल्ला लगायत देशैभरी यो अभियानमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

गुटगत राजनीति नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएका खड्काले हालै सम्पन्न नेपाली काङ्ग्रेसको महाधिवेशनमा कुनै गुटमा नपर्दा पनि महाधिवेशन प्रतिनिधिकाे उम्मेदवारमा ३९६ मत प्राप्त गर्नुभएको थियो । राजनीतिमा सक्रिय भएको छोटो समयमै स्वतन्त्र उम्मेदवार उठेर १० जनाको लागि भएको प्रतिस्पर्धामा २५ जना उम्मेदवार मध्य १२ औ स्थान हात पार्नुभएको थियो ।

गल्याङ नगरपालिकाकाे सदरमुकाममा मात्रै नेतृत्व केन्द्रित बनेको नेपाली काङ्ग्रेसको राजनीतिलाई पृथक ढंगले नेतृत्वको खोजी गर्ने हो भने आसन्न स्थानीय तहको निर्वाचनका लागि खड्का पनि मेयरका बलिया दाबेदार मानिनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार