नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस

२०७८ फाल्गुन २६, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं,२६ फागुन । नेपाल आयल निगमको कार्यकारी निर्देशकको लागि उत्कृष्ट तिन जनाको नाम सफारिस गरिएको छ ।

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयले कार्यकारी निर्देशको लागि उमेश प्रसाद थानी, जीवन प्रकाश सिटौला र चन्डिका प्रसाद भट्टको नाम सिफारिस गरेको हो । मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा नियुक्ती मनोनयन सम्बन्धि निर्देशिका २०७८ बमोजिम निगको कार्यकारी निर्देशक छनोट का लागि सिफारिस समितिले तिन जनाको नाम सिफारिस गरेको हो । तिन जना मध्येबाट मन्त्रीपरिषदको बैंठकले निगमको कार्यकारी निर्देशकको निर्णय गर्ने छ ।निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि गत २५ पुसमा मन्त्रालयले खुला प्रतिस्पर्धाको लागि सुचना प्रकाशित भएको थियो । १७ जनाको आवेदन परेकोमा एक जनाको मापदण्ड नपुगेकाले रद्ध भएको थियो । १६ जनाको प्रतिस्पर्धाबाट सट लिष्टमा उत्कृष्ट तीन जनाको नाम सिफारिस गरिएको मन्त्रालयले जानकारी दिएको छ । तत्कालिन कार्यकारी निर्देश सुरेन्द्रकुमार पौडेलको कार्यकाल सकिएपछि नयाँ नियुक्तीका लागि विज्ञापन आह्वान गरिएको थियो । हाल निगम निमित्त कार्यकारी निर्देशको जिम्मेवारी सुशिल भट्टराईले सम्हाल्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय