युनियनको टोलिले प्रधानमन्त्रीलाई भेट्यो, छिटो ऎन ल्याउने आश्वासन

२०७८ फाल्गुन २९, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौ, २९ फागुन । नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेट गरेका छन् ।

युनियन अध्यक्ष गोपाल प्रसाद पोखरेलको नेतृत्वमा गएको युनियन पदाधिकारीको टिमले प्रधानमन्त्रीसंग कर्मचारी युनियनले विगत देखि उठाएका माग समावेश गरी छिटो भन्दा छिटो संघीय निजामती सेवा ऐन ल्याउन अनुरोध गरेको युनियन सचिव प्रकाश भट्टराईले जानकारी दिनुभयो । संयोजनबाट मर्कामा परेका कर्मचारीलाई एकपटक पुन स्वेच्छिक रुपमा आफूले रोजेको तहमा जाने व्यवस्था मिलाउन,राजपत्र अनंकित कर्मचारीहरुले उठाएका माग सम्बोधन गर्दै सबै तह एवं सेवा,समूह र पदमा कार्यरत कर्मचारीको वृत्ति विकासका लागि उचित व्यवस्था मिलाउन लगायतका विभिन्न माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार