खेलाडीहरुको मनोबल बढाउन फिल्म सफल हुनेछ ः मन्त्री अथक

२०७८ चैत्र ४, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

काठमाण्डौं, ४ चैत्र । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले कला, संस्कृती, साहित्य र खेलकुद राष्ट्रको पहिचानसँग जोडिने विषय भएको बताउनुभएको छ ।

नेपाली महिला राष्ट्रिय फुटबल टोलिकी गोलकिपर एन्जिला तुम्बाफो सुब्बाको जिवनीमा आधारीत चलचित्र “एञ्जिला” को घोषणा सभामा बोल्दै मन्त्री अथकले फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुबै क्षेत्र एकसाथ अगाडि बढ्नुपर्ने बताउनुभएको हो । नेपाली खेलाडीको संघर्षको कथालाई पहिलो पटक चलचित्रमा समेट्न लागिएकोप्रति खुसी ब्यक्त गर्दै मन्त्री अथकले एञ्जिला फिल्म मार्फत नेपाली खेलाडीहरुको मनोबल बढाउन फिल्म निर्माण पक्ष सफल हुने विश्वास समेत ब्यक्त गर्नुभयो । “हाम्रो देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने कला, संस्कृति र खेलकुद हुन् । यहाँ दुबै पक्ष जोडिएर आएका छन् । त्यसैले यसलाई झनै मेहनत गरेर बनाउन आग्रह गर्दछु” मन्त्री अथकले भन्नुभयो ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपाली खेलाडी र खेल क्षेत्रको विकासमा “एञ्जिला” फिल्म कोशेढुङ्गा सावित हुने बताउनुभयो । फिल्म निर्माण पक्षले निकै स्रहानिय कार्यको थालनि गरेको उल्लेख गर्दै डा. रेग्मीले आवश्यक सहयोगकालागि मन्त्रालय सधैं तयार रहेको बताउनुभयो । मिलन चाम्सको निर्देशनमा चलचित्र निर्माण कम्पनी केन्द्र मोसन पिक्चर्स र मुन लभ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्र “एञ्जिला” को शुक्रबार घोषणा गरीएको हो । उक्त चलचित्रमा फुटबल खेलाडी एन्जिला तुम्बाफो सुब्बा आफै प्रमुख भुमिकामा देखिनेछिन भने दयाह्याङ राई, बुद्धि तामाङ, सृजना सुब्बा, माउत्से गुरुङ लगाएतका कलाकारहरुको पनि अभिनय रहने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय