स्याङ्जामा हातहतियार नबुझाउनेलाई कारवाही

२०७८ चैत्र १५, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १५ चैत । जिल्ला भित्र इजाजत लिएर घरमा राखिएका हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अनुरोध गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्न प्रशासनले घरमा राखिएका हातहतियार बुझाउन अनुरोध गरेको हो । चैत्र मसान्त भित्र नजिकको प्रहरी ईकाइहरुमा हातहतियार बुझाई भरपाई लिन आग्रह गरेको छ ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जारी गरेको सुचनामा बुझाएको हातहतियार जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वालिङमा सुरक्षित राखिने समेत उल्लेख गरिएको छ । निर्धारित समयभित्र नबुझाएमा त्यस्ता व्यक्तिहरुको हातहतियार खोजतलास गरी कानुन बमोजिम कारवाही हुने समेत प्रजिअले जारी गरेको सुचनामा सुचित गरेको छ । निर्वाचन सम्पन्न पछि हातहतियार सम्वन्धित व्याक्तिलाई बुझाइने बताइएको छ । जिल्लाका कति व्याक्ति सगँ कस्ता हाहतियार छन् भन्ने बिषय भने गोप्य राखिएको छ । निर्वाचन मिति नजिकिदै जाँदा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आन्तरिक राणनीतिक योजना तयारीमा जुटेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय