नेपालमा भुमिव्यवस्थापनको एकसय बर्ष पुरा

२०७९ बैशाख १, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

स्याङ्जा १ बैशाख । देशभरीमा मालपोत कार्यालय र नापी कार्यालयले २०७८ चैत्र ३० देखि २०७९ बैशाख २ गते सम्म शतबार्षिकी दिवस मनाइरहेका छन् । नेपालमा लिखत पारितको १ सय बर्ष पुरा गरेको अवसरमा भुमि व्यवस्थापन तथा अभिलेख विभाग मातहतका कार्यालयले शतबार्षिकी दिवस मनाएको हो ।

स्याङ्जामा पनि मालपोत र नापी कार्यालयले प्रभातफेरी गरी अन्तरक्रिया गरेको छ । मालपोत र नापी कार्यालय वालिङको संयुक्त आयोजनामा वालिङ स्थित आफ्नै कार्यालयबाट शुरु भएको प्रभातफेरी जैसीपधेरा, वालिङ मोड, भिआईपी टोल, नयाँ बजार हुदै मालपोत कार्यालयको सभाहलमा अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँणले भुमि व्यवस्थापनको अभिलेख राख्न थालेको १ सय बर्ष पुरा भएकोमा शुभकामना व्यक्त गर्नुभयाे । नागरिकले भुमि भोगचलन गर्न पाउने अधिकार नेपाल सरकारले सुनिश्चित गरेको शतबार्षिकीले नागरिकको सेवामा अझै सुधारात्मक, सहज र सेवाग्राहीमैत्री बनाउने कदमको नगर प्रमुख खाँणले सुझाव व्यक्त गर्नुभयाे। नागरिकले भुमिप्रयोग गर्ने अधिकारबाट विकासमा केही असहजता प्रदान गरेको भन्दै यस्ता बिषयमा छलफल हुनु जरुरी रहेको बताउनुभयाे । अधिकांश झै झगडा र भष्ट्रचारमा समेत जग्गा जमिन नै कारक बनेका घट्ना प्रति लक्षित गर्दै नगर प्रमुख खाँणले यस्ता घट्नाको न्युनिकरण तर्फ राज्य सचेत बन्नुपर्ने धारणा व्यक्त गर्नुभयाे।

नेपालको आर्थिक चलायमान बनाउन पछिल्लो समय जग्गा जमिनको कारोवार महत्वपुर्ण ठानिएको छ । राजस्व बृद्धिमा महत्वपुर्ण मानिएको भुमि नागरिकको प्रतिष्ठा सगँ पनि जोडिदै आएको छ । त्यसैले नेपाल सरकारले देशभरीका मालपोत र नापी कार्यालयलाई पुर्णरुपले प्रविधिमैत्री बनाउन लागेको छ । वालिङ मालपोत र नापी कार्यालयले पनि प्रविधि मार्फत् नागरिकलाई सेवा दिदै आएको मालपोत कार्यालय वालिङका प्रमुख रबिन अधिकारीले बताउनुभयाे । पेपरलेस अभियानमा वालिङको मालपोत तयारी अवस्थामा रहेको बताउदै मालपोत अधिकृत अधिकारीले विभागको अनुमतिको पर्खाइमा रहेको बताउनुभयाे ।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नापी कार्यालय वालिङका प्रमुख गगन ढकाल, इलाका प्रशासन कार्यालय वालिङका सुचना अधिकारी सुवाश पौडेल, नेपाल लेखापढी व्यवसायी एसोसिएसनका खेमनारयाण रेग्मी र मालपोत कार्यालय वालिङका सुचना अधिकारी जिवनाथ पौडेलले भुमि व्यवस्थाको लिखत अभिलेख राखेको १ सय पुरा भएको दिवस मनाउन पाउनु हाम्रो पुस्ताको लागि गौरवको बिषय भएको बताउनुभयाे । सेवाग्राही र कार्यालय विचको सुमधुर सम्वन्धले सरकारी सेवाको अनुभुतिमा कुनै समस्या र झन्झटीलो नहुने गरी सेवा प्रवाह हुनुपर्नेमा जोड दिनुभएकाे थियाे । शतबार्षिकी अन्तरक्रिया कार्यक्रम लेखापढी व्यवसायी र मालपोत नापी कार्यालय दुवैको व्यवस्थापनमा सम्पन्न भएको थियो ।

हामी सय बर्ष पुग्यौ ः भुमीव्यवस्थापनको लिखत पारितको शतबार्षिकीको अवसरमा प्रभातफेरी ¥यालीमा सहभागी मालपोत, नापी कार्यालयका कर्मचारीहरु , ¥यालीमा वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण लगायत लेखापढी कानुन व्यवसायी, पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय