वालिङ नगरपालिका प्रमुखमा एमालेका खाँण र उपप्रमुखमा नेपाली काँग्रेसकी गैह्रे विजयी

२०७९ जेष्ठ ४, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ४ जेष्ठ ।  स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कृष्ण खाँण विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका दिलीप प्राप्त खाँणलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

त्यसैगरी नगरपालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी कविता गैह्रे विजयी हुनुभएको छ ।

१४ वडा रहेको नगरपालिकाको वडा नं ३, ४, ६, ७, ८, ९, १२ र १३ गरी आठ वटा वडामा नेकपा एमालेका अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन् भने १, २, ५, १०, ११ र १४ गरी छ वडा वडामा नेपाली काँग्रेस विजयी भएको छ ।

वालिङ नगरपालिकामा ३९ हजार ६५९ जना मतदाता रहेकोमा २६ हजार ७७४ जनाले मतदान गरेका थिए ।

२०७४ को स्थानीय तह निर्वाचनमा वालिङ नगरपालिकाको प्रमुख उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको थियो । यद्यपि औपचारिक घोषणा भने हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय