स्याङजा ४ जेठ। स्याङ्जाको चापाकोट नगरपालिकामा नेपाली कांग्रेसका देवबहादुर खाँण र उपमेयरमा इशा राना विजयी हुनुभएकाे छ । नेकपा एमालेका प्रतिस्पर्धी राजु कोइरालालाई ९ सय ३५ मतले पछाडि पार्दै खाँण विजयी हुनुभएकाे हाे ।
खाँणले ७ हजार ४ सय ९० मत ल्याउदा एमालेका कोइरालाले ६ हजार ५ सय ५५ मत प्राप्त गर्नुभएकाे थियाे । उपप्रमुखमा पनि कांग्रेसकै राना विजयी हुनुभएकाे हाे । एमाले उम्मेदवार सृष्टि मल्ललाई १ हजार १३ मतले पछाडि पार्दै राना विजयी भएकी हुनुभएकाे हाे । रानाले ७ हजार ४ सय १३ मत ल्याउँदा मल्लले ६ हजार ३ सय ७६ मत प्राप्त गर्नुभएकाे थियाे ।
यसैगरी चापाकोट नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्ष पदमा एमालेका भुपराज वस्ती विजयी हुनुभएकाे छ । त्यस्तै, २ नम्बर वडामा एमालेकै टीकाराम श्रेष्ठ, ३ मा कांग्रेसका जुटबहादुर राना, ४ मा कांग्रेसका अर्जुन खाँण, ५ मा कांग्रेसका बलनारायण श्रेष्ठ विजयी हुनुभएकाे छ ।
यस्तै ६ मा कांग्रेसका तारा पोखरेल, ७ मा एमालेका मोहन केसी, ८ मा कांग्रेसका तोपलाल न्यौपाने, ९ मा एमालेका कृष्ण सुवेदी र १० मा एमालेकै रामु कोइराला विजयी हुनुभएकाे छ ।