पाल्पाको रम्भामा मतगणना अन्योल

२०७९ जेष्ठ ५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, ५ जेठ । पाल्पाको रम्भा गाउँपालिका मतगणना अझै सुरु हुन सकेको छैन । वडा नं ५ ताहुँको मतगणनाका क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि अगाडि बढ्न नसकेको हो ।

मतगणनामा खटिएका कर्मचारी र राजनीतिक दलका प्रतिनिधिले टिपोट गरेको सङ्ख्यामा एकरुपता नभएपछि विवाद हुँदा गणना कार्य स्थगित भएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले बताउनुभयो । निर्वाचन आयोगबाट मतगणनाकार्य गर्न आदेश आए पनि दलहरुबीच विवाद हुँदा प्रक्रिया अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।

खसेको मतभन्दा ७४ मत फर्जी भेटिएपछि विवाद भएको हो । यहाँ एक हजार ९२२ मत खसेको थियो । सत्तारुढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाइ पुनः मतदानको माग गरेका छन् । मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।

रम्भास्थित निर्वाचन अधिकृतको कार्यालयमा भएको विभिन्न चरणका बैठकले स्थगित गतगणना सुरु गर्न प्रयास गरिएपनि सफल नभएको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको पाल्पामा नौ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय