मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जना पक्राउ

२०७९ असार १०, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

खेमराज खनाल

मोरङ, १० असार । मोरङको बिराटनगर महानगरपालिका १५ स्थित रानी भन्सार कार्यालयको २ नम्बर ढाँट सिमा क्षेत्रबाट प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भई हाल झापाको बिर्तामोड नगरपालिका ५ मा डेरा गरी बस्ने २३ बर्षीय हिरा कुमार सहनी र बाराको कोल्वी नगरपालिका ४ कि १९ बर्षीया सिरिसा सिंह महथा रहेका छन् ।

उनिहरुले असार ५ गते बेलुकी ७ बजे बिराटनगरको रानी सिमा क्षेत्रबाट झापा बिर्तामोड कि १३ बर्षीया नावालिकालाई भारततर्फ लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको अनुसन्धानको क्रममा वेचबिखन गर्ने उद्देश्यले भारत तर्फ लैजादै गरेको खुल्न आएको छ ।

पक्राउ परेका दुवैजनाको मानव वेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय