स्याङ्जामा अभद्र व्यवहार गर्ने दुई युवक पक्राउ

२०७९ असार १३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १३ असार । सिद्धार्थ राजमार्गमा ट्रक रोकी चालकलाई अभद्र व्यवहार गर्ने २ जनालाई प्रहरीले आइतबार पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ३ बस्ने २४ वर्षीय प्रशान्त गोर्खाली र सोही ठाउँ बस्ने २३ वर्षीय सौगात जिटी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारि दिनुभएको छ ।

उनीहरुले पुतलीबजार नगरपालिका ३ मजुवास्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ६२२२ नम्बरको ट्रकलाई जबरजस्ती रोक, ट्रक चालक आधिँखोला गाउँपालिका ४ बस्ने प्रदिप विकसँग रकम माग गरेको आरोपमा पक्राउ गरिएको हो ।

प्रक्राउ परेका दुबै जनालाई अभद्र व्यवहार मुद्धा दर्ता गरी सोमबार जिल्ला सरकारी वकिल कार्यालय स्याङ्जाबाट म्याद थप अनुमति लिई अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय