गाँजा सहित ३ जना पक्राउ

२०७९ असार १५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

खेमराज खनाल

मोरङ,१५ असार । मोरङको सुन्दरहरैचा नगरपालिका ५ बुढिपुल स्थितबाट लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सागुरिगढी गाउँपालिका ८ का ३० बर्षीय सुरेन्द्र राई , २९ बर्षीय मिलन राई र २९ बर्षीय बाला राई रहेका छन ।

हिजो बेलुका ५ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा बसिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ८ किलोग्राम बरामद गरिए पश्चात उनिहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय