र्दुव्यसनीमा फस्न नदिन आमाले खेल्नुपर्ने भुमिका

२०७९ असार २०, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

– केदार खनाल, प्रहरी उपरीक्षक,
– जिल्ला प्रहरी कार्यलय गोरखा ।

लागु औषध भन्नाले गलत प्रयोग गरी दुर्व्यसन गराउने औषधीलाई जनाउछ । जुन प्राकृतिक वा कृतिम लागुऔषध तथा मनोद्वीपक पदार्थ र तिनको लवणहरु पर्दछन् । प्राकृतिक लागुऔषध (natural narcotic drugs) अफिम नामक वनस्पतिवाट प्राप्त हुने र तुलनात्मक रुपमा यसमा कडा लागुऔषध मफिर्न, कोडिनहरु पर्दछन् । यो कुरा राष्ट्रिय र अन्तराष्ट्रिय औषधी नियन्त्रण कानूनवाट समायोजन गरिएको हुन्छ, जुन औषधी दुखाई कम गराउने र लठ्याउने प्रकारका हुन्छन् ।

औषधीका रुपमा प्रयोगमा आउने यी वस्तुहरुको श्रोत अफिमलाई मान्न सकिन्छ । संसारमा अधिकतम मात्रामा अफिमको आपुर्ति दक्षिण पुर्वी एसियाको (golden trangle) सुनौलो त्रिभुजवाट हुन्छ, जस्मा वर्मा, थाईल्याण्ड र लाओस पर्दछन् । यो सुनौलो त्रिभुजले पश्चिमी युरोपको हिरोइन बजारलाई प्रभावित पार्दछ । त्यसै गरि अफिम र हिरोइनको ओसार पसारमा अर्को प्रमुख केन्द्र सुनौलो चाँद ( golden crisent) हो,जुन एसियाको पूर्वी पश्चिम क्षेत्र पाकिस्तान इरान र अफगानिस्तान पर्दछन् ।

सन् १९७० को अन्त्य तिर यो सुनौलो चाँदको यी क्षेत्रहरु अफिम उत्पादनको उर्वर भूमि बन्न पुग्यो । यस क्षेत्रमा पाइने हिरोइन उच्च गुणस्तरको र सस्तो पनि थियो । अफिमवाट मफिर्न हुदै हिरोइन बन्ने हुँदा रसाइन शास्त्रीहरुको सामान्य अभ्यासबाट यसको प्रशोधन गराइन्छ । विभिन्न रशाइनहरुको प्रयोग गरि बनाइने हिरोइन, मफिर्न, कोडिन बन्नु पछाडी प्रशोधित अफिमको रुप हो ।

यसरी युरोपमा तयार हुने(सेतो, खैरो) हिरोइन गुणस्तरीय र महङगो हुने गर्दछ भने भारतिय भूमिमा उत्पादन हुने हिरोइन कम गुणस्तरीय हुने र पैदल मार्ग हुदै नेपाल भित्रिएर यहाँवाट अन्य मुलुकमा समेत वितरण हुने गर्दछ । अहिले आएर नेपालमा पनि अवैध रुपमा अफिमको खेती हुने र त्यसको भारतमा बिक्री गरिनुका साथै चोरी निकासी हुने गरेको पाईन्छ ।

यसरी एकातिर छिमेकी तथा अन्य मुलुकबाट पैदल तथा हवाई मार्ग हुदै लागु औषध भित्रिएको पाईन्छ भने हाम्रै मुलुकमा उत्पादन हुने गाँजा, भाङ, धतुरो, चरेस आदिका अलावा युवा वर्गले दुर्व्यसनका नाममा बुट पालिस, गनाएका मोजा, सुपरग्लु आदि प्रयोग गरेको पाईन्छ । यस्ता लागुऔषध प्रयोग गर्ने युवाहरु दैनिक दिनचर्या भुलेर एकान्तप्रिय बनाउदै जिन्दगी देखि निराश भई दिगभ्रमित भईरहेका छन् । यस्ता ब्यक्ति हरुको पहिचान आफ्नो अभिभावकले गर्नु नित्तान्त आवश्यक देखिन्छ ।

लागुऔषध दुव्र्यसनीका लक्षणहरु :

– एकान्त प्रिय हुने ।

– थोरै बोल्ने ।
– बोल्दा अर्को व्यक्तिसँग आँखा जुधाई बोल्न नसक्ने, तल तिर हेरी बोल्ने । – ओठ निलो हुने ।
– आँखा रसिला, टिलटिल परेका हुने ।
– ननुहाउने, बरु कपडा माथि कपडा थप्दै लगाउने ।
– खाना विस्तारै कमि खादै जानु ।
– गुलियो बस्तु (चुइगम, चकलेट) हरु बढि सेवन गर्ने ।
– हिप सुक्दै जानु ।
– राति अवेरसम्म नसुत्ने, बिहान अवेरसम्म सुतिरहने ।
– कोठामा विभिन्न प्रकारका गन्ध आउने ।
– हात गोडाका नसाहरुमा खोपिएका डोवहरु हुने ।
– ट्वाईलेटमा लामो समय व्यतित गर्ने ।
– नङ्ग पाल्ने, कपाल नकाट्ने ।

कस्ता व्यक्तिहरु कुलतमा पर्न सक्छन् ?

– अभिभावक विहिन टुहुरा व्यक्तिहरु ।
– धनाढ्य ब्यक्तिका छोराछोरीहरु ।
– अभिभावकवाट माया नपाएका व्यक्तिहरु ।
– अपाङ्ग व्यक्तिहरु ।
– पारिवारीक वातावरण नराम्रो भएका परिवारका सदस्यहरु ।
– पेशासँग सम्वन्धित व्यक्तिहरु ।
– अभिभावकवाट बढी माया पाएका व्यक्तिहरु ।
– सवारीचालक, परीचालकहरु ।
– महत्वाकांक्षी सपना देख्नेहरु ।

लागुऔषध के के हुन ?

– चरेश
– गाँजा, भाँङ्, धतुरो
– ट्यावलेटहरु (डाईजापाम, स्पाम, आदि)
– हिरोइन (खैरो, सेतो)
– इन्जेक्सन (मफिर्न नर्फिन आदी)
– औषधीजन्य लागु पदार्थहरु
– औषधी व्यवस्था विभागले निषेध गरेका औषधीहरु

अन्य ः

– वुट पालिस, गन्हाएका मोजा, सुपरग्लु, प्रयोग भई फ्याँकिएका प्याडहरु आदि ।

लागु औषध प्रयोग गर्ने तरिका
– इन्जेक्सन (सुइद्वारा)
– इन्हालेसन (सुँघेर)

– इजिक्सन(खाएर)

अभिभावकले ध्यान दिनु पर्ने कुराहरु:
– विद्यालयको दैनिक गृह कार्यहरु गरे नगरेको ।
– कलेज/ विद्यालय गए, नगएको एकिन गर्ने ।
– घर बाहिर जाँदा र आउँदाको समय ख्याल गर्ने ।
– fast axis को साधन ९मो।सा।० प्रयोगमा ध्यान दिने ।
– अनावश्यक रुपैयाहरु उपलब्ध नगराउने ।
– बालबालिकाहरुको दैनिक गतिविधिको सुक्ष्म निग्रानी गर्ने ।
– विद्यालय÷ कलेजसंग समय÷ समयमा आफ्ना छोराछोरीको बारेमा अन्तरक्रिया गर्ने ।

संसारभर आज लागुऔषध विकराल समस्याको रुपमा खडा भएको छ । दिनानुदिन युवा पिडी यस्ता कुलतको शिकार बनि रहेका छन् । राष्ट्र तथा समाजको मर्यादित संस्कार र सभ्यतालाई लागुऔषध सेवनकर्ता र कारोवारीले नकारात्मक मोडमा उभ्याएको पाइन्छ । राष्ट्रका कर्णधार सृजनशिल युवावर्गलाई कुलतको नसामा डुवाइ उनीहरु भित्रको उर्जालाइ निष्क्रिय मात्र नभइ नष्ट नै गरिदिएको छ । तसर्थ लागुऔषध उत्पादन, ओसार पसार, विक्रि वितरण, संचय एवं उपयोगलाई नियन्त्रण गर्नु जरुरी छ ।

यसै क्रममा सरकारले कानूनको आवश्यकता महसुस गरि लागुऔषध नियन्त्रण ऐन २०३३ जारी गरेको छ । तथापि, यस्ता लागु पदार्थ जोसुकै व्यक्तिले प्रयोग तथा विक्रि वितरणका लागि ओसार पसार गरेमा त्यो दण्डनीय हुन्छ । यति मात्र हैन, हाम्रो जस्तो द्वन्दवाट गुज्रेको मुलुक जहाँ अपराधको बढोत्तरी भइ कानून कार्यान्वयन गर्न कठिनाई भइ रहेको छ । नेपालमा उत्पादन हुने गाँजा लगायतका वस्तुहरु खुल्ला बोर्डर हुदै भारतमा विक्रि हुने गर्दछ भने भारतीय भुमिवाट तस्करहरुले मानव स्वास्थ्यका लागि खतरनाक जन्य लागुऔषध, हिरोईन ९खैरो, सेतो०, निषेध गरिएका औषधीजन्य ठोस तथा तरल पदार्थका अलावा साना ठुला हातहतियार भित्र्याउने गर्दछन् ।

यसले गर्दा मुलुकका युवा पिढि मानसिक रुपमा रुग्ण, विच्छिप्त र उर्जाबिहिन बनेका छन् भने समाज लाई अपराधको चौघेरा भित्र राख्न अपराधि बर्ग एकल तथा संगठीत रुपमा सक्रिय छन् । यिनै तत्वहरुले समाजमा रहेका ब्यक्ति परिवार, समाज, हुदै राज्यको नै उर्जा समाप्त गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय