स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

२०७९ श्रावण २८, शनिबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २८ साउन ।  स्याङ्जाको आँधिखोला गाउँपालिकामा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आँधिखोला गाउँपालिका २ रंगेठाटी बस्ने ६० वर्षीय देवनारायण सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालका अनुसार शनिबार बिहान अन्दाजी १०ः४५ बजेको सार्की घरदेखी २ किमि दुरीमा रहेको पाखोबारी (खरबारी) मा घाँस काट्ने क्रममा ७०-८० मिटर तल लड्न जाँदा घट्नास्थलमानै मृत्यु भएको हो ।  यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय