मन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता

२०७९ भाद्र २, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं , २ भदौ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा आउनु भएको थियो ।

उहाँहरुबीच विशेष गरी दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको छ । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा पनि उहाँहरुबीच कुराकानी भएको छ ।

भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक पटक गरेको सहयोगको लागि धन्यवाद दिनु भएको छ । त्यस्तै राजदूत मेनले नेपालमा लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन मन्त्री कुँवरसँग आग्रह गनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय