क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

२०७९ भाद्र ९, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौँ, ९ भदौ । क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई बुुधबार पक्राउ गरेको हो ।

पक्राउ दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक रु एक लाखसम्म तलब हुन्छ भनी पीडितसँग रु छ लाख २४ हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय