स्याङ्जाको करेण्डाँडामा तिज उत्सब

२०७९ भाद्र १५, बुधबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, १५ भदौ । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा पुतलीबजार नगरपालिका ११ को स्थानीय करेण्डाँडा युवा क्लबको आयोजनामा तिज उत्सब सम्पन्न भएको छ । उत्सबमा घैटो फुटाउने, नृत्य र कुर्चि दौड तथा तिज गित प्रतियोगिता सम्पन्न भएको छ ।

उत्सबको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले हिन्दु धर्मालम्बीले प्राथमिकतामा राखेर मनाउँदै आएको तिज पछिल्लो समय नेपाली महिलाहरुको साझा पर्वका रुपमा विकसित बन्दै गएको बतउनुुभयो । कला, संस्कृति र धर्मको संरक्षणमा नेपालीहरु एकजुट हुनुपर्नेमा उहाँले जोड दिनुुभएको छ ।

सो अवसरमा बोल्दै गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले धर्मका नाममा हुने विभेदको अन्त्य गर्दै सम्मुन्नत समाज निर्माण सरकारले सक्दो काम गरेको बताउनुभयो । प्रदेश सरकारले सबै धर्ममा आस्थावानहरुको समुचित विकासमा ध्यान दिएको समेत उहाँले जिकिर गर्नुुभयो ।

तिज गित प्रतियोगितामा विश्वशान्ति आमा समूह र चक्रदेबी आमा समूह उत्कृष्ट भएका थिए । प्रतियोगितामा उत्कृष्ट टिम तथा समूहलाई नगद र प्रमाण–पत्र प्रदान गरिएको थियो । सो अवसरमा मृगौला रोगी बागमती गुरुङलाई आयोजकले उपचारार्थ १० हजार नगद समेत सहयोग गरेका थियो।

क्लबका अध्यक्ष बिशाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्लबका सचिव रामकृष्ण सापकोटाले गर्नुुभएको थियो भने स्वागत मन्तब्य क्लबका उपाध्यक्ष बिक्रम पराजुलीले गरेको युवा अभियान्ता ईश्वरबन्धु पराजुलीले जानकारी दिनुुभयो ।

विगत वर्षदेखि क्लबले स्थानीयस्तरमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आएको छ । तिजका अवसरमा लामो समयदेखि क्लबले प्रतियोगितालाई निरन्तर संचालन गर्दै आएको क्लबका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार