कल्पना भट्टराई बस्याल
स्याङ्जा, १९ भदौ । स्याङ्जा पुतलीबजार नगरपालिका ८ का गोपाल दमैलाई श्रीमती मारेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पुतलीबजार नगरपालिका ८ बस्ने ४२ वर्षीय मञ्जु दमैलाई मारेको आरोपमा गोपाल दमैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
दमैले श्रीमतीलाई भदौ १४ गते टाउकोमा हानी घाइते बनाएका थिए । स्याङ्जा अस्पतालमा उपचार हुन नसकेपछी उनलाई मणिपाल शिक्षण अस्पताल पोखरा लगिएकोमा भदौ १५ गते उपचारको क्रममा मृत्यु भएको थियो ।
श्रीमतीको उपचारको क्रममा मृत्यु भएपछि गोपाल दमैलाई पोखराबाट पक्राउ गरेको प्रहरीले बताएको छ ।
कर्तव्य ज्यान मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट भदो १७ गते म्याद थप अनुमति लिई घटनाको समबन्धमा थप अनुसन्धान गरिरहको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।