स्याङ्जामा मोटरसाइकल दुर्घटना हुँदा पर्साका जयप्रकाश शाहको मृत्यु

२०७९ भाद्र २१, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा, २१ भदौ । स्याङ्जाको हरिनास गाउँपालिका ३ राहालेस्थित सडकमा सोमबार ग ११ प १५११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्सा बहादुरमाई नगरपालिका ६ घर भएका ३६ वर्षीय जयप्रकाश शाह रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा शाहको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार