स्याङ्जाबाट ४६ फरार प्रतिवादीहरू पक्राउ

२०७९ भाद्र ३०, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

स्याङ्जा , ३० भदौ । स्याङ्जाबाट ४६ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन ।

विभिन्न मितिमा भएका फैसलाबाट फरार रहेका प्रतिवादिहरु पक्राउ गर्ने अभियानमा ४६ फरार प्रतिवादीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहत कार्यालयबाट परिचालन गरिएको प्रहरी टोलीले विगत ५ वर्षको अवधि देखि फरार प्रतिवादीहरु पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जामा आवश्यक कार्वाहीको लागि उपस्थित गराएको उक्त फरार प्रतिवादीहरुबाट रु १ लाख, २६,हजार ७५ रूपैया राजश्व अशुल गरेको खनालले जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय